१० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गर्छु : उर्जामन्त्री पुन

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार २१:०६
file-photo

काठमाण्डौं ६ चैत । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले उर्जा आत्मनिर्भरतामा आफ्नो ध्यान गएको बताएका छन् । उनले १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादनको लक्ष्य लिएर आफुले कार्ययोजना तय गर्ने समेत आज पत्रकारहरुसंगको अन्र्तक्रियामा बताएका छन् ।

हाल हिँउदमा ५ सय मेगावाटमात्र बिद्युत उत्पादन भईरहेको र भारतबाट बिद्युत खरीद गरीरहनु परेको भन्दै केहि बर्षमानै उर्जा आत्मनिर्भता बनाउन आफुले विषेश पहल गर्ने समेत उनले बताए ।

उनले भारतबाट डिजेल पेट्रोल समेत खरिद गरीरहनुपरेको कारण बिद्युत उत्पादनमा बृद्धी गरी ईन्धन आयातमा प्रतिस्थापन गर्ने आफुले लक्ष्य लिएको समेत जानकारी दिएका छन् ।
त्यसैगरी पुराना आयोजनाहरु चाडै पुरा गर्नको लागि पहल गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई तुरुन्तै अघि बढाउने समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*