हेटौँडा अस्पतालमा किन गए प्रचण्ड ?

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार १९:०१

हेटौँडा, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ हेटौँडा अस्पतालमा पुगेका छन् । त्यस अघि हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुने बताउँदै हेटौँडा तताएका उनले एकाएक हेटौँडा अस्पतालमा पुगेर हेटौँडावासीलाई चकित पारिदिएका छन् ।

प्रचण्ड किन गए त हेटौँडा अस्पताल ? यो प्रश्नले हेटौँडा तातिएको छ । तर उनी हेटौँडा अस्पतालमा एक बिरामीलाई भेट्न गएका हुन् । नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिनले पार्टीका जिल्ला कमिटि सदस्य रामकृष्ण श्रेष्ठलाई भेट्न प्रचण्ड त्यहाँ पुगेको जानकारी दिएका छन् । क्यान्सरबाट पिडीत श्रेष्ठलाई भेट्न उनी अस्पताल पुगेका हुन् ।

प्रचण्डले भोलि बिहान साढे ६ बजे माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय गर्दोईमा पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*