प्रचण्डको उद्घोष : ‘३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हो’

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार १८:४८

हेटौँडा, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुने बताएका छन् । आज हेटौँडामा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हेटौँडाबाट स्थायी राजधानी दायाँबायाँ नसर्ने बताएका हुन् ।

उनले हेटौँडाबाट कुनै पनि हालतमा दायाँबायाँ राजधानी नसर्ने बताउँदै राजधानीको लागि हेटौँडानै उपयुक्त भएको समेत दाबी गरे । हेटौँडाबाट राजधानी सर्छ भनेर चिन्ता नगर्न आग्रह गर्दै हेटौँडावासीलाई ढुक्क भएर बस्ने अवस्था रहेको बताए ।

प्रचण्ड आगामी बैशाख १ बाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वरको विषयमा जानकारी दिने उदेश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन् ।

कार्यक्रममा व्यवसायी अजेयराज सुमार्गीले महायज्ञको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, राष्ट्रियसभा सांसद रामनारायण विडारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*