प्रदेश ३ का सामाजिक विकास मन्त्री दुलालले यसरी गाए प्रचण्ड र गिरिजाको गुणगान
चितवन, ६ चैत । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पुष्पकमल दाहाल प्रचण्ड र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सकारात्मक सोचले गर्दा नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
चितवनको भरतपुरमा आज आयोजित ‘समाज रुपान्तरणका लागि सकारात्मक सोच’ विषयक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री दुलालले प्रचण्ड र कोइरालाले सकरात्मक सोच नलिएका भए नेपाल आजको अवस्थामा नभइ अर्कै अवस्थामा हुने जिकिर गरे । अरुको अस्तित्वलाई स्वीकार गरेर काम गर्ने हो भने त्यहाँ सकारात्मक सोचाई आउने बताउँदै उनले ‘प्रचण्ड र स्वर्गीय गिरिजाबाबुको सकारात्मक सोचले आजको परिवर्तन सम्भव भएको दाबी गरे । उनले नयाँ संविधानको प्राप्ति र कार्यान्वयन सकारात्मक सोचकै उपज भएको टिप्पणी गरे ।
समाजबाट मानव बेचविखन, लैंगिक हिंसा, दुव्र्यसन लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न सकारात्मक सोचले सहयोग पु¥याउने उनको भनाइ थियो । नेपालको इतिहासमा पहिलोपटक सबैभन्दा शक्तिशाली र स्थिर सरकार बनेको दाबी गर्दै उनले पाँच वर्ष यो सरकारलाई साथ दिएर सामाजिक अपराध न्यूनीकरण गर्नु पर्ने धारणा राखे ।
