वनलाई उद्योगका रुपमा स्थापित गर्न वनमन्त्रीको जोड
चितवन, ६ चैत । प्रदेश नम्म ३ का उद्योग पर्यटन तथा वनमन्त्री अरुण नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
नेपाल वन पैदावर उद्योग व्यावसायी महासंघको प्रथम साधारण सभामा बोल्दै मन्त्री नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेको औंलाउँदै सम्पन्नशाली देश हुनका लागी जनता पनि सम्पन्न हुनुपर्ने उल्लेख गरे ।
वनलाई जनताको दैनिकिसंग जोडेर लैजानु पर्ने बताउँदै उनले बंगलादेशले कुल क्षेत्रफलको ९ प्रतिशत मात्रै वन रहेको भएपनि अन्य देशलाई काठ निर्यात गरेको स्मरण गरे । साथै नेपालले मुलुकमा भएको ४४ प्रतिशत वनलाई उपयोग गर्न सके काठमा निर्भर हुन सक्ने बताए ।
