३ नम्बरसहित सबै प्रदेशका मूख्यमन्त्रीलाई काठमाडौँ बोलाइयो

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार १०:३९
फाईल फोटो

मकवानपुर । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलसहित सबैलाई प्रधानमन्त्रीले काठमाडौँ बोलाएका छन् । प्रदेशमा सरकार गठनको महिना दिन वित्दासमेत प्रदेश सरकारले स्रोत साधनको अभावका कारण काम गर्न नसकेको गुनासा मूख्यमन्त्रीहरुबाट आउन थालेपछि त्यसलाई सहजीकरण गर्न प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मूख्यमन्त्री,प्रमुख सचिव तथा सरकारको कानूनी सल्लाहकारलाई काठमाडौँ बोलाएका हुन् ।

प्रदेश मन्त्रीहरुलाई दिने सवारीसाधनको अभाव, बिभिन्न कानूनको अभाव, तथा काम गर्ने स्पष्ट गाइडलाइनको अभावमा प्रदेश सरकारले चुस्त काम गर्न सकिरहेको छैन । कर्मचारीको अभावका कारण पनि मन्त्रीपरिषद् तथा मन्त्रालयले काम गर्न नसकेपछि केन्द्रबाटै आवश्यक सहजीकरणका लागि मूख्यमन्त्रीसहितका प्रमुख व्यक्तिहरुलाई बोलाइएको हो । प्रदेश सरकारले काम गर्ने तरिकासमेत नजानेपछि केन्द्रबाटै आवश्यक सहजीकरण, स्रोतहरुको व्यवस्थापन आदि काम गर्न प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुलाई बोलाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*