चोरीपैठारीको लत्ताकपडासहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र ५, सोमबार १४:४५
तस्बिर–गुगल

रौतहट, ५ चैत । रौतहट जिल्लाको माधवनारायण नगरपालिका १ स्थित दिपही चोकबाट चैत्र ४ गते एपीएफ टोली र गौर भन्सार कार्यालयको टोलीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने ३५ वर्षिय नवरत हुसेन, बौधीमाई नगरपालिका २ बस्ने १८ वर्षिय झगरु साह र सोही ठाउँ बस्ने २३ वर्षिय अमोद साह छन् । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहित उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

उक्त समयमा एपीएफ टोलीले उनीहरुले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*