शान्त घरलाई नवोदय शिशुसदनको आर्थिक सहयोग
मकवानपुर ४ चैत । नवोदय शिशुसदन तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडाको नवलपुरमा रहेको शान्त घरलाई आर्थिक सहयोग गरेका छन् । आज आईतवार शान्तघरका प्रतिनिधि जोसे दियाजलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरीएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
विद्यालयका कक्षा ४ देखि ८ सम्मका बालबालिकाहरुले जम्मदिनको अवसरपारी तथा जीवन प्रयत्न सिप सिकेर त्यसबाट व्यवसाय गरी मुनाफा जम्मा गरेर जम्मा १४ हजार १ सय ५० साथै विद्यालयको तर्फबाट ७ हजार ५ सय गरी जम्मा २१ ह्जार ६ सय ५० नगद हस्तान्तरण गरीएको विद्यालयकी शिक्षिका दिपा अर्यालले जानकारी दिईन् ।
शान्त घरले हाल १७ जना बालबालिकाहरुलाई सेवा दिईरहेको छ । साथै असहाय तथा गरीब बालबालिकाहरुलाई सहयोग समेत गर्दै आएको छ ।
