गणेश लामालाई छुटाउन जब नेपाली काँग्रेसले राँके जुलुस निकाल्यो त्यसपछि…
काभ्रे । नेपाली काँग्रेसले प्रहरीले हतियारसहित पक्राउ गरेको डन गणेश लामालाई छुटाउन आज काभ्रेमा राँके जुलुस निकालेको छ । केही दिनअघिदेखि काँग्रेस काभ्रेले लामालाई छुटाउन सबै शक्तिको प्रयोग गर्दै आइरहेको छ । हिजोमात्रै काँग्रेसले पत्रकार सम्मेलननै गरेर लामालाई सम्मानपूर्वक रिहा गर्न माग गरेको थियो ।
सो जुलुसलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको र झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत चलाएको छ । झडपका क्रममा केही नेता तथा कार्यकर्ता घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
