श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले ठगी गर्नेहरुलाई ठगान लगाउलान् त ? : यस्तो छ मन्त्री विष्टको योजना

तु खबर संवाददाता
२०७४ चैत्र ३, शनिबार १८:३६

काठमाडौँ । विगतमा उर्जामन्त्री हुँदा सफल भएका मन्त्री गोकर्ण विष्टलाई अहिले श्रम तथा रोजगार मन्त्री बनाइएको छ । दैनिकजसो कामको लागि विदेश भाँसिने युवाले विदेश जाने प्रकृया सुरु गर्दा देखिनै ठगिने गरेका छन् । जसलाई थोरै भएपनि नियन्त्रण गर्न मन्त्री विष्ट सफल हुन्छन् भन्ने अपेक्षा उनले यो मन्त्रालय सम्हालेपछि धेरैलाई लागेको छ ।
उनी मन्त्री भएपछि वैदेशिक रोजगारीको लागि विदेशिनेहरुका लागि केही न केही राहतको काम गर्छन् भन्ने अनुमान मुताबिकै उनले केही काम सुरु गरेको बुझिएको छ ।
नेपाली श्रमिकहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको मन्त्री बिष्टले बताएका छन् । श्रमिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो, उनले भनेका छन् । वैदेशिक रोजगारीमा जानेहरुको दक्षता अभिवृद्धि गर्ने, र सो क्षेत्रमा देखिएका समस्यालाई क्रमिक रुपमा हटाउने योजना उनले बताएका छन् । यसअघिको सरकारले घोषणा गरेको फ्रि भिसा र टिकट प्रणालीलाई दृढतापूर्वक कार्यान्वयन गर्ने तयारी मन्त्री बिष्टको छ ।
दैनिक जसो सयौँको संख्यमा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई ठगी गर्नेहरुलाई मन्त्री विष्टले कानून अनुसार ठगान लगाउँछन् भन्नेमा धेरै विश्वस्त छन् । तर, के यो काममा उनले सफलता पाउँछन् त ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*