पदमपोखरीको बिचरोड सडकमा स्ल्याब ढलान
-चन्द्र घलान
-मकवानपुर, २ चैत । स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १२ र १३ मा भौतिक विकासका योजनाहरुले तिव्रता पाएका छन् । पछिल्लो समय वडा नम्बर १२ को पान्तले, आग्रल टोल लगायतका क्षेत्रमा स्लाब ढलान हुनुका साथै गुरौविर्ता नवलपुर जोड्नका लागि राप्तीमा नदिमा अस्थायी पुल समेत बनेको छ । यसै कार्यको थप निरन्तरता स्वरुप वडा नम्बर १३ पदमपोखरी बिचरोडस्थित सडकमा स्ल्याब ढलान गरिएको छ ।

बुद्धचोकको बाटो ढलान हुँदै गर्दाको तस्बिर
पदमपोखरी बुद्ध चोकदेखि करिब १ सय ५० मिटरभन्दा बढी पश्चिमतर्फ सडक ढलान गरिएको हेटौँडा १३ का वडा अध्यक्ष मनोजकुमार वाईबाले जानकारी दिए । सडक उपमहानगरको ३ लाखले ८० मिटर र पछि थप भएको ४ लाख बजेटसहित ७ लाखमा निर्माण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले बताएका छन् ।
सडकमा गरिएको स्ल्याब ढलान ७ इन्च मोटाई र ४ मिटर चौडाईको रहेको १२ नम्बर वडा अध्यक्ष घलानले जानकारी दिए ।
त्यस्तै हेटौँडा उपमहानगरको कार्यक्रम अन्तर्गत सडक बोर्डको १० बजेटमा पदमपोखरीको बुद्धचोकबाट सनराईज बोर्डिङ स्कूल लगायतका क्षेमा ३ सय ५० मिटर कालोपत्रे समेत गरिएको १३ नम्बर वडा अध्यक्ष वाईबाले जानकारी दिएका छन् ।
