नगर प्रहरीसँग उपकरण अपर्याप्त

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १३:४९

ललितपुर, २ चैत । आवश्यक उपकरणका अभावमा नगर प्रहरीले महानगरपालिकाको निर्णय प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन् ।

“नगर प्रहरीसँग अहिले काम गर्न हम्मर र गलबाहेक अरु केही छैन, उनीहरुलाई काम गर्न क्रेन, डोजर, रुख काट्ने मेसिन, ढलान काट्ने मेसिनलगायतका सामग्री आवश्यक छ,” नगर प्रहरी प्रमुख कदमलाल महर्जनल भन्नुहुन्छ, “कहिलेकाहीँ हामीले निर्णय कार्यान्वयन गर्न रुख, घर वा पर्खाल नै भत्काउनुपर्छ ।” त्यस्तै विपत्का समयमा उद्धारका लागिसमेत सामग्री अपर्याप्त छ ।

नगर प्रहरीले वर्षौंदेखि सामग्री पर्याप्त नहुँदा काममा असहज भएको बताउँदै आएको छ । नगर प्रहरीलाई साना हतियारदेखि ठूला उपकरणसम्म आवश्यक छ । अहिले जनप्रतिनिधि आएकाले सम्बोधन हुने आशा रहेको प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनशक्ति र आवश्यक सामग्री थप गर्दा हामीले सजिलै काम गर्न पाउँछौँ ।”

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय निकायको सम्पत्तिको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, न्यायिक समितिको निर्णय कार्यान्वयन, बजार व्यवस्थापनलगायत जिम्मेवारी नगर प्रहरीलाई तोकेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*