भूकम्पपीडितका लागि राहत कार्यक्रम

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १३:२१
फोटो: गुगल

रत्ननगर, चितवन २ चैत । जिल्लाका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालन गरिएको छ ।

भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत राहत कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिले समेत पारित गरिसकेको र किसानको निवेदन लिने काम सकिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिनुभयो ।

प्राधिकरणमार्फत ४० किसानलाई मौरी गोला, पाँचवटा प्लास्टिक घर, एउटा एग्रोसेन्टर, दुई ठाउँमा मत्स्य पोखरी पुनःनिर्माण र मर्मतका लागि उक्त अनुदानको राहत जिल्लामा आएको हो । यस्तै ट्यांकीसहितको थोपा सिँचाइको १० किसानका लागि आएको अनुदान कार्यक्रममा १४ वटा निवेदन परेको श्रेष्ठले बताउनुभयो । साना सिँचाइ पुनःनिर्माण र मर्मतका लागि ८५ प्रतिशतको अनुदामा ६ किसानका लागि अनुदान कार्यक्रम आएको छ । उक्त कार्यक्रमका लागि कार्यालयमा १६ वटा निवेदन परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*