काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १३:१०

त्रिशूली, नुवाकोट, २ चैत । नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*