माअाेवादीले टुंग्यायाे मन्त्री र मन्त्रालय, हेर्नुस् काे–काे मन्त्री बन्दैछन् र कसले कुन मन्त्रालय पाउँदैछन्

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार ०६:३४

काठमाडाैं, नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक/दुई दिन भित्रै सरकार विस्तार गर्ने गरि गृहकार्य अघि बढाएपछि माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने थप मन्त्रीको नाम टुङ्गो लगाएको हो ।

पार्टीको भागमा परेका ७ मध्ये बाँकी ५ जनामा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर अब मन्त्रिपरिषद्मा थपिँदैछन् ।

सरकारमा जाँदा जनार्दनलार्इ उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय दिने निष्कर्षमा प्रचण्ड पुगेकाे स्राेतकाे भनाइ छ ।

यसैगरी वर्षमानलार्इ शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय, शक्ति बस्नेतलार्इ वन वातावरण जलवायु परिवर्तन मन्त्रालय, गिरिराजमणि पाेखरेललार्इ कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा बिना मगरलार्इ श्रम रोजगार तथा महिला बालबलिका जेष्ठ नागरिक मन्त्रालयकाे जिम्मेवारी दिने तयारी भएकाे छ ।

यसअघि माओवादीबाट रामबहादुर थापा बादल गृहमन्त्री र मातिृका यादव आपूर्तिमन्त्री बनिसकेका छन् । बादल पार्टीकाे नेतृत्व गर्दै सरकारमा गइसकेकाले त्यसपछिकाे दाेस्राे पावरफूल मन्त्रालय कसले लिने भन्ने विवाद माअाेवादीभित्र लामाे समय चलेकाे थियाे ।

तर, अन्ततः अध्यक्ष प्रचण्डले मन्त्रालयकाे टुंगाे लगाएका छन् । भाेलि वा पर्सी हुने सरकार विस्तारका क्रममा त्यसकाे कार्यान्वयन हुने स्राेतकाे भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*