रुपको प्रशंसा गर्दै गायक रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ’ (भिडियो)

तु खबर संवाददाता
२०७४ फाल्गुन ३०, बुधबार २०:४०

काठमाडौँ । नेपाली सांगितक क्षेत्रमा विगत १२ देखि निरन्तर क्रियाशिल रहेका गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।
गीतमा गायक श्रेष्ठसंगै मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द, अशुसेन लामाको संगीत रहेको उक्त गीतलाई शुक्रबारदेखि बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*