सुनचाँदी व्यवसायीको हत्याको विरोधमा बिर्तामोड बन्द

तु खबर संवाददाता
२०७४ फाल्गुन २९, मंगलवार १३:२३
तस्बिर–गुगल म्याप

बनियानी, झापा, २९ फागुन । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् ।

यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो ।

हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताउनुभयो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायीसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*