राप्रपाद्वारा राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई समर्थन

तु खबर संवाददाता
२०७४ फाल्गुन २९, मंगलवार १२:४५
तस्बिर–गुगल

काठमाडौँ, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले मतदान गर्ने भनिएको छ ।

मुलुकको सामाजिक सद्भाव एवं प्रजातन्त्रको संरक्षण तथा संवद्र्धनमा राष्ट्रपतिबाट संयोजनकारी भूमिकाको पार्टीले अपेक्षा गरेको जनाइएको छ । उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन गरी चारजना सदस्य मतदाता छन् ।  (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*