घोडाघोडीका मेयरमाथि कसले हान्याे गाेली ? बाेक्सी प्रकरणसंग केहि छ साइनो ?

तु खबर संवाददाता
२०७४ फाल्गुन २९, मंगलवार १२:५४

काठमाडौं / कैलालीस्थित घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी सांघातिक आक्रमणबाट घाइते भएका छन् । सुख्खडमा रहेको उनको घरमै बसिरहेका वेला बेलुकी ८ बजेतिर गोली प्रहार भएपछि उनी गम्भीर घाइते भएका हुन् ।
आक्रमण गर्नेहरु उनलाई गोली र खुकुरी हानी फरार भएका छन् । अहिले मेयर चौधरीको उपचार भइरहेको छ । घटनापछि प्रहरीले आक्रमणकारीलाई खोजी गरिरहेको बताएपनि दोषी अहिलेसम्म पक्राउ पर्न सकेको छैन । एसपी विनोद शर्माले आक्रमणकारीको खोजी भइरहेको बताएका छन् ।
मेयर चौधरी गत बिहीबार घोडाघोडी, ५ मा एक छात्रालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिटमा संलग्नलाई दबाब सिर्जना गरी मिलापत्र गराएर छोड्न लगाएको आरोपमा मुछिएका छन् । घटनालगत्तै प्रहरीले पक्राउ गरेको आरोपीलाई छोड्न लगाएपछि उनी चौतर्फी रुपमा विवादमा आएका थिए ।
सोहि कारण यो आक्रमण भएको हुनसक्ने अनुमान गरिएपनि प्रहरीले अनुसन्धान जारी रहेको प्रतिक्रिया दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*