अपडेटः यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

तु खबर संवाददाता
२०७४ फाल्गुन २८, सोमबार १७:४३
बंगला विमान दुर्घटना बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४ः२० बजे त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै । तस्बिरः रोशन सापकोटा, रासस


काठमाडौँ, २८ फागुन ।
यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले यसको बारेमा जानकारी दिएका हुन् । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

बंगला विमान दुर्घटना
बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४ः२० बजे त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै । तस्बिरः रोशन सापकोटा, रासस

एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*