पीडितलाई उपचार खर्च र क्षतिपूर्तिको व्यवस्था गर्न माग

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार २०:४७

काठमाडौँ, २७ फागुन । नेपाल बार एसोसिएसन महिला समितिले बलात्कार, यौनजन्य हिंसा र बोक्सीको नाममा भएका घटनाका पीडित महिलालाई तत्काल अन्तरिम राहत तथा स्वास्थ्य उपचार उपलब्ध गराउन र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

बारको महिला समितिका अध्यक्ष तथा वारका वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ललितपुरको गोदावरी, महोत्तरी, कपिलवस्तुलगायत जिल्लामा महिलामाथि भएका बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु तथा कैलालीमा बोक्सीका नाममा अमानवीय तथा क्रुुर यातना पीडितलाई सो व्यवस्था गर्न माग गरिएको छ ।

समितिले समाजमा अमानवीय, क्रुर यातनाजस्ता हिंसात्मक एवम् आपराधिक गतिविधिहरुलाई अविलम्ब रोक्नका लागि प्रशासन तथा सुरक्षा संयन्त्रलाई चुस्त दुरुस्त बनाएर दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

विज्ञप्तिमा यस्ता घटनाहरुले एकातिर महिलाको सुरक्षामा राज्यको दायित्वप्रति गम्भीर प्रश्न उठेको र धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा कुनै पनि किसिमको हिंसाजन्य शोषण गरिने छैन भन्ने संविधानले व्यवस्था गरेको मौलिक हकको समेत हनन् भएको उल्लेख छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*