जनप्रतिनिधिलाई जानाजान विवादमा तान्न खोजिएको संकेत

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार २०:१७

मनहरी, २७ फागुन । मनहरी गाउँपालिका वडा नं ३ का वडा सदस्य बिष्णुबहादुर थिङले आफ्नो वडामा भइरहेको विकास निर्माणको काममा सहजीकरण गरिएको दाबी गरेका छन् ।
उनले विज्ञप्ती प्रकाशन गरी केही समाचार माध्यमहरुमा आफूले विकास निर्माण कार्यमा हस्तक्षेप गरेको, स्वार्थपूर्तिका लागि लागिपरेको भन्ने समाचार आएकोप्रति भत्र्सना गरेका हुन् । उनले आइतबार प्रकाशन गरेको विज्ञप्तीमा लामिटार सडकको ग्राभेलिङका क्रममा उपभोक्ता समितिका अध्यक्ष होतप्रसाद अधिकारीलाई सहजीकरण गरेको, स्टमेट अनुसार काम गर्नका लागि सचेत पारेको दाबी गरेका छन् ।

ओमशान्ति भवन छेउमा ग्राभेलिङ गर्नका लागि आफूले भनेको र नपुग रकम व्यक्तिगत समेत व्यहोर्न तयार रहेको उनले उपभोक्ता समिति अध्यक्षलाई बताए पनि समाचारमा अर्कै ढंगले आएको बिज्ञप्तीमा उल्लेख छ ।

उनले आफूलाई राजनीतिक रुपमा विवादमा पार्न लागेको र बाम गठबन्धनबीच अन्तरद्वन्द्व खडा गरी विवादमा पार्न राजनीतिक शक्तिहरु सक्रिय रहेको संकेत गर्दै सचेत हुनका लागि सम्बन्धित व्यक्तिहरुलाई बिज्ञप्तीमार्फत सचेत पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*