बस्तीपुर जेसीजको स्थापना दिवसको अवसरमा रक्तदान

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार २०:०१

मकवानपुर २७ फागुन । बस्तीपुर जेसीज हाँडीखोलाको स्थापना दिवसको सन्दर्भमा आइतबार हाँडीखोलामा रक्तदान कार्यक्रम भएको छ ।

हाँडीखोलास्थित महेन्द्रज्योति उच्च माविको प्राङ्गणमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ । ५ महिलासहित ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अनन्तप्रकाश अर्यालले जानकारी दिए ।

बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राममणि बर्तौलाको अध्यक्षता एवम् मनहरी गाउँपालिका–३ नम्बर वडा अध्यक्ष मानबहादुर लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष लामाले ग्रामीण क्षेत्रमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिन जेसीजसंग अनुरोध गरे ।

कार्यक्रममा बस्तीपुर जेसीजका सल्लाहकार नरहरी नन्दन उप्रेती, रेडक्रस उपशाखा सभापति राजकुमार भेटवाल, बस्तीपुर जेसीजका कार्यकारिणि उपाध्यक्ष ज्योतिराज लुइँटेल, कार्यक्रम संयोजक अनन्तप्रकाश अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*