हेटौंडामा टि यू फरेष्टीकप चैत्र ६ गतेबाट सुरु

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार १९:५३
file-photo

मकवानपुर २७ फागुन । त्रिभुवन विश्व विद्यालय वन विज्ञान अध्ययन संस्थान, हेटौंडा व्याज २०७३–७७ को आयोजनामा मकवानपुरको हेटौंडामा टियू फरेष्ट्री कप २०७४ हुने भएको छ ।

यही फागुन २८ गतेबाट चैत ६ गतेसम्म हुने प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा पुरुष प्रतिस्पर्धीको ९ टिम र महिला प्रतिस्पर्धीको ६ वटा टिम रहने प्रतियोगिताका संयोजक ललितजंग खड्काले जानकारी दिए ।

खड्काका अनुसार प्रतियोगितामा प्रथम विजेता पुरुषले नगद २० हजार र महिलाले नगद रु १० हजार रुपैंया प्राप्त गर्ने छ । प्रतियोगिताका म्यान अफ दि म्याचलाई मोबाइल हब हेटौंडाका तर्फबाट कल मोविलिटी र हुवावेको २० वटा मोबाइल र अन्य पुस्कार प्रदान गरिने मोबाइल हबका प्रोपाइटर रामप्रसाद पण्डितले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*