बाेक्सी अाराेपमा कुटपिट प्रकरण : उजुरी नलिने प्रहरीमाथि कारबाही सुरू, मेयर चाैधरीलार्इ किन भएन कारबाही ?
काठमाडौँ । ११ कक्षामा अध्ययन गर्ने किशाेरीलार्इ बाेक्सीकाे अाराेपमा ६ घण्टासम्म् कुटपिट भएकाे घटनालार्इ लिएर प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादलले कडा रवैया अपनाएका छन् ।
दाेषीलार्इ कडा कारबाही गर्न निर्देशन दिएका प्रधानमन्त्री अाेलीले अाफ्नाे सचिवालयमार्फत घटनाकाे अपडेट बारम्बार लिइरहेकाे जानकारी प्राप्त भएकाे छ ।
गृहमन्त्री बादलले कुटपिट गर्ने सबैलार्इ तत्काल पक्राउ गर्न तथा जाहेरी दर्ता नगर्ने प्रहरीलार्इसमेत कारबाहीकाे दायरामा ल्याउन निर्देशन दिएपछि कारबाही प्रकृया सुरू भएकाे छ ।
जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ ।
जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।
घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको छ ।
तर, मिलापत्रकाे बहानामा दाेषी भाेलेबाबालार्इ छुटाउन प्रहरीलार्इ दबाब दिने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलार्इ भने कारबाहीकाे कुनै सुरसार छैन ।
अाफू जनप्रतिनिधि भएर पीडितकाे पक्षमा काम गर्नुपर्नेमा उनले दाेषीलार्इ छुटाउने काम गरेका थिए । उनी नेकपा एमालेबाट निर्वाचित भएका मेयर हुन् ।
अाफ्नै पार्टीका मेयर भएकाले पनि प्रधानमन्त्री अाेलीले उनलार्इ पार्टीगत रूपमासमेत कारबाहीकाे दायरामा ल्याउने अाशा अामजनताले गरेका छन् ।
– कान्तिपुर लाइभबाट
