औधोगिक मजदुरले चलाउने भए सुदृढ अभियान
मकवानपुर २६ फागुन । अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला कमिटीले मजदुरको हक हितका लागि औधोगिक मजदुर सुदृढ अभियान चलाउने भएको छ ।
संगठनका अध्यक्ष हेम न्यौपानेको नेतृत्वमा मजदुर संगठन सुधृढ अभियान संचालन हुने छ । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्य तथा संचार विभाग प्रमुख कमान सिँ पाख्रिनको प्रमुख आथित्यतामा आज शनिवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अभियानमा ट्रेड यूनियन महासंघका प्रतिनिधिहरु सहित औधोगिक मजदुर जिल्ला समितिका कार्यालय सदस्यहरु जयराम धिताल ,दुर्गा घिमिरे , सञ्चबहादुर पाख्रिन ,पूर्ण सुवेदी लगाएत रहनेगरी निर्णय भएको हो ।
अभियानमा नयाँ श्रम ऐन सामाजिक सुरक्षा ऐेनलाई मुल विषय बनाएर त्यसबारे मजदुरहरुलाई प्रशिक्षित गराउने , सम्बन्धित उद्योग स्तरका भेला , बैठक ,प्रशिक्षण ,गठन पुर्नगठन, पनि गरीने भएको होे ।
मकवानपुरको औधोगिक क्षेत्र भित्र रहेका उद्योगहरुमा कुन उद्योगमा कति मजदुर छन् त्यसभित्र रहेका महिला तथा पुरुष मजदुरको एकिन तथ्याङ्क तयार पार्ने तयारी गरीने समेत बैठकमा निर्णय भएको समेत मजदुर संगठन विभाग प्रमुख रामसरण घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार सरोकारवालाहरु संग मजदुरको अधिकारको विषयमा अन्र्तक्रिया समेत गरीने भएको छ ।
संगठनका अध्यक्ष हेम न्यौपानेको सभाध्यक्षतामा भएको बैठकमा ट्रेड यूनियन महासंघका उपाध्यक्ष तथा सगठन विभाग प्रमुख रामसरण घिमिरे , सचिव बिष्णु राना लगाएतको आथित्यता रहेको थियो ।
