पहिलो पटक यस्तो आयो सप्ताहको सूचना : तडक भडक गरि दान नगर्न आग्रह

तु खबर संवाददाता
२०७४ फाल्गुन २४, बिहीबार २१:४४

मकवानपुर, २४ फागुन । कुनै पनि सप्ताह ज्ञान महायज्ञमा दान गर्नका लागि विभिन्न रुपमा आग्रह गरिन्छ । धेरै दान गर्नेको नाम शिलालेखमा लख्ने भन्दै दान गर्न उत्साहित पनि पारिन्छ तर संभवत पहिलो पटक मकवानपुरमा तडक भडक गरि दान नगर्न आग्रह गरिएको छ ।

हो मनहरी गाउँपालिका–३ भुन्द्रुङमा बिहीबारदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञमा स्वबिबेकले ईच्छाअनुसार दानपात्रमा मात्रै दान गर्न आग्रह गरिएको छ । बिभिन्न स्थानमा भएका महायज्ञमा उधारो बोल्ने, बढी दानी देखाउने, प्रतिश्पर्धा गर्ने क्रम बढ्दै गएपछि ओमकारेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा ईच्छादानको व्यवस्था गरिएको हो । मन्दिर र सत्तल उद्घाटन तथा कथाश्रवण गर्न भक्तजनलाई समितिले आग्रह गरेको छ ।

दान गरेवापत आयोजक समितिले दोसल्ला ओढाएर सम्मान गर्ने, डोली चढाउने, शीलालेखमा नाम लेख्ने जस्ता कुनैपनि कार्य नगर्ने बताइएको छ । महायज्ञमा दान गर्दा भगवानले नै सम्मान गर्ने भन्दै दातालाई आफ्नो भित्रि ईच्छाअनुसार सीधै दानपात्रमा दान गर्न आग्रह गरिएको मूल समारोह समितिले जनाएको छ ।

प्रमुखवाचक प्रखरवाचक पण्डित नवराज धिताल र शम्भुप्रसाद अधिकारीले एक सातासम्म कथावाचन गर्ने कार्यक्रम रहेको समितिका संयोजक बिष्णुप्रसाद आचार्यले जानकारी दिए । बिहीबार बिहान आयोजित कलशयात्रामा भुन्दु्रङबाट हाँडीखोला, हेटौंडा–१९ सान्नानीटार, बस्तीपुर हुँदै ओमकारेश्वर मन्दिरमा पुगेर बिसर्जन गरिएको थियो ।फागुन ३० गते स्थानीय बटुकहरुको सामूहिक ब्रतबन्ध, तिलार्पण, पूर्णाहुति गरी महायज्ञ बिसर्जन गरिने संयोजक आचार्यले बताए । महायज्ञमा अमृतरुपी ज्ञान आर्जन गर्न समस्त भक्तजनहरुमा आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*