बलात्कारीलाई कारबाही गर्न सरकारले यस्तो योजना ल्याउँदै

तु खबर संवाददाता
२०७४ फाल्गुन २४, बिहीबार २०:३८

काठमाडौँ, २४ फागुन । सरकारले महिला हिंसा न्यूनीकरणका लागि छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

रिपोर्टर्स क्लबले १०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको साक्षात्कारमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने गरी कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै भन्नुभयो, “बलात्कारीलाई कडा कारबाही गर्छु र दाइजो प्रथालाई निर्मूल पार्छु ।”

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद पुष्पा भुसालले नेपाली महिला आन्दोलनको इतिहासमा योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहाना प्रधान, शैलजा आचार्य आदिले दिएको योगदानबाट प्राप्त अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा ९माओवादी केन्द्र०की नेत्री एवं सांसद सत्या पहाडीले महिलालाई आगामी दिनमा नीतिनिर्माण तहमा अघि बढाउनुपर्ने बताउनुभयो । नेकपा ९एमाले०की नेत्री एवं सांसद रामकुमारी झाँक्रीले महिला अधिकारलाई कार्यान्वयन नगर्दासम्म समतामूलक र न्यायमूलक समाज निर्माण हुन नसक्ने विचार व्यक्त गर्नुभयो । शिक्षासेवी गीता राणाले राजनीतिमा आबद्ध महिला नेत्रीले राजनीतिक अधिकारका लागि र अन्य क्षेत्रमा आबद्ध महिलाले महिलाकै शिक्षाका लागि काम गर्नुपर्ने बताउनुभयो ।

यसैबीच एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले महिला अधिकार संरक्षण भएमा मुलुकमा सामाजिक न्याय र समानता कायम हुने बताउनुभएको छ ।

उहाँले १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विज्ञप्ति जारी गरी मुलुकलाई समृद्ध बनाउन महिलालाई जिम्मेवार निकायमा पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर राणाले पनि विज्ञप्ति जारी गरेर स्थानीय, प्रदेशसभा र संघीय संसद्मा महिलाको प्रतिनिधित्व सुनिश्चित भएसँगै संख्यात्मकबाट अब गुणात्मक रुपमा महिलाहरु अघि बढ्नुपर्ने बताउँदै पार्टीको आन्तरिक संरचना तथा नीतिनिर्माण तहमा पनि महिला सहभागिता वृद्धि गरिने जनाउनुभएको छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*