प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

तु खबर संवाददाता
२०७४ फाल्गुन २३, बुधबार २१:१७
फाइल तस्बिर

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “विभिन्न खालका कूरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु ।”

सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*