सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश खारेज : खतिवडा, पौड्याल र विडारीले सपथ लिने

तु खबर संवाददाता
२०७४ फाल्गुन २३, बुधबार १९:२१

काठमाडौँ । सरकारले मनोनित गरेका तीन जना साँसदहरुले अब आफ्नो पद तथा गोपनियताको सपथ खान पाउने भएका छन् । यसअघि सर्वोच्चको अन्तरिम आदेशले हालका अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडा, अधिवक्ता रामनारायण विडारी र बिमला पौड्यालले राष्ट्रियसभाको सदस्य पदको सपथ लिन पाएका थिएनन् ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासलाई यि तीनै जनालाई पद तथा गोपनियताको सपथ लिन रोक लगाएको थियो ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सिफासिर तीनै जनाको नाम केपी ओली प्रधानमन्त्री भएपछि फिर्ता लिएको थियो । त्यसलगत्तै ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रपतिले साँसदमा मनोनित गरेकी थिइन् ।
देउवा सरकारले गरेको सिफारिसलाई उल्ट्याएर ओली सरकारको निर्णयमा सिफारिस भएकाहरुको नाम अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । रिटमाथि अन्तरिम आदेश जारी भएको भएपनि आज सर्वोच्चले सो आदेश खारेज गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*