प्रधानमन्त्री केपी ओली विरुद्ध न्यौपानेको रिट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी प्रकृया विपरित प्रधानमन्त्रीको सपथ लिएको भन्दै सर्वोच्च अतालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि शर्माले प्रधानमन्त्री बन्न संसदको रुपमा सपथ लिनुपर्ने व्यवस्था भएपनि विधि र प्रकृया मिचेर प्रधानमन्त्री भएको भन्दै सो रिट दायर भएको हो । प्रधानमन्त्रीका रुपमा ओलीले यही फागुन ३ गते सपथ लिनु भएको थियो । फागुन २० गतेमात्र साँसदहरुले सपथ लिएका थिए ।
साँसदको रुपमा सपथ नै नगरी प्रधानमन्त्री चयन भएको र सपथ समेत लिएर कामकाज गरेको भन्दै रिट दर्ता भएको हो । अब सर्वोच्चले संविधान तथा कानूनलाई रिट निवेदनको माग बमोजिम ब्याख्या र आदेश गरेमा राजनीति नयाँ मोडमा पुग्ने देखिएको छ ।
