नगरका भित्री भागमा आगलागी जोखिम

तु खबर संवाददाता
२०७४ फाल्गुन २३, बुधबार १३:३०
तस्बिर–गुगल

ललितपुर, २३ फागुन । महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दकमल लगेर त्यहाँबाट उता पाइप तानी लानुपर्ने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्र गतिमा पानी लाग्छ ।”

बाटाबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने हुन्छ । घरको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमकल समयमा पुगे पनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।”

टोल टोलमा पानीे ट्यांकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्ष पहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्यांकीको निर्माण र स्थानीयवासीलाई तालीम दिइएको थियो । उहाँ भन्नुहुन्छ, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैंँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकको भित्र परम्परागत रुपमा वस्ती बसेकाले धेरै घर सडकभन्दा टाढा छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*