डिग्नीटी एजुकेसनले हेटौंडामा जापनिज भाषाको निशुल्क शेमिनार प्रदान गर्ने
मकवानपुर २२ फागुन । डिग्निटी एजुकेसन सेन्टर र जापानका विभिन्न जापानी स्कूल, कलेज र विश्वविद्यालयको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा १ दिने निशुल्क सेमिनार हुने भएको छ । जापानिज भाष तथा जापान जानको लागि आवश्यक परार्मश जापनिज मार्फत नै दिने आयोजक स्रोतले बताएको छ ।
आयोजकको अनुसार चैत्र ८ गते हेटौंडामा सेमीनार हुने छ । जापानको वेस्लीयान युनिभर्सिटी, ह्युमन एकेडेमी, कोकोरो युनिभर्सिटी, नागासाकी कलेज, नागासाकी युनिभर्सिटी अफ फरेन स्टडिज लगायतका दर्जनौँ स्कूल, कलेजहरुले डिग्निटी एजुकेसन सेन्टरसँगको सहकार्यमा सेमिनार आयोजना गर्न लागेको डिग्नीटी एजुकेसन सेन्टरका प्रबन्ध निर्देशक मनोज ढकालले बताए ।
वेस्लीयान युनिभर्सिटीकी इन्टरनेसनल रिलेसन अफिसर होरिकावा सिओरीको समेत सेमिनारमा उपस्थिति हुने उनले बताए । सेमिनारको आयोजनाले विद्यार्थीमा अध्ययन भिषा प्रक्रियाको बारेमा सत्य, तथ्य सूचना सम्प्रेषित हुने सिओरीको भनाइ छ ।
सेमिनारमा अध्ययन भिषामा जापान जाने प्रक्रिया, अध्ययनका अवसर र चुनौति, डकुमेण्टेसन प्रक्रिया, शैक्षिक संस्थाको फि स्ट्रक्चर लगायतका विषयमा जानकारी दिने बताइएको छ ।
विभिन्न ईन्टेकमा जापानमा विध्यार्थी भिषामा जानको लागि भर्ना दिईने साथै सम्पुर्ण जानकारी प्रदान गरीने प्रबन्ध निर्देशक ढकालले तु खबरलाई जानकारी दिए ।
