काँग्रेस बैठक बुधबार

तु खबर संवाददाता
२०७४ फाल्गुन २२, मंगलवार २१:०९

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बिहान बस्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो । काँग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी एवम् सदस्यलाई आमन्त्रण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*