योजनाका काम तीब्र गतिमा अगाडि बढाउन मुख्यमन्त्रीको आग्रह

तु खबर संवाददाता
२०७४ फाल्गुन २२, मंगलवार २१:०४

कैलाली, २२ फागुन । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माण कार्यमा ढिलाइ भइरहेका महत्वपूर्ण विकास निमार्णका योजनाको काम तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आज यहाँ गरेको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले ७ नं प्रदेशका सम्पूर्ण योजनाक सडक निर्माणमा आएको समस्या, जनताबाट अवरोध आएको समस्या, विधि तथा विधान लगायतका जेजस्ता समस्या आएका छन्, ती समस्यालाई सम्बन्धित मन्त्रालयमा जानकारी दिई काम शीघ्र अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको परिवेश, जनताको अपेक्षा र संविधानले देखाएको बाटो नयाँ छ तर हाम्रो काम गर्ने कार्यशैली, सोच तथा चिन्तन यदि पुरानै छ भने जनताको अपेक्षाअनुसार काम गर्न नसकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग आबद्ध रहेका विभिन्न निर्देशनालय, आयोजना डिभिजन, सबडिभिजन कार्यालयका प्रमुखसँग उहाँहरुका कार्यालयका कार्यक्रम, आयोजना संख्या, आयोजनाका लागि विनियोजना बजेट, खर्च रकम, भौतिक प्रगति, कार्यालयमा रहेका दक्ष जनशक्तिको अभाव, प्रगति विवरण, कार्य क्षेत्र लगायतका राय–सुझाव संकलन गर्ने कार्य गरिएको थियो ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*