चुरेहिलको स्पष्टिकरण यस्तो छ , अस्पतालको दोषले विरामीको मृत्यु भएको होइनः व्यवस्थापक अधिकारी

तु खबर संवाददाता
२०७४ फाल्गुन २२, मंगलवार २०:१६

मकवानपुर २२ फागुन । मकवानपुरको थानाभर्याङमा रहेको चुरेहिल हस्पिटलमा फागुन २० गते सवारी दुर्घटनामा परी घाइते भएका पुण्य प्रसाद चौलागाईको उपचारको क्रममा मृत्यू भएको बिषयलाई लिएर अहिले बजारमा सन्सनी मच्चीएको छ । अस्पतालको गल्तीको कारण विरामीको मृत्यू भएको हो भन्ने आरोपहरु पनि थुप्रै आइरहेका छन्ु । यस बिषयमा चुरेहिल अस्पतालले आज मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै आफुहरुको लापरवाहिको कारण विरामीको मृत्यु नभएको जनाएको छ ।

घटनाको स्पष्टिकरणका लागि हस्पिटलले जारी गरेको विज्ञप्तीमा उल्लेख भएअनुसार ः फागुन १८ गते पुण्य प्रसाद गौतम मापसे सेवनका कारण हेटौंडामा सवारी दुर्घटनामा परेपछि घाइते भएका उनलाई १० ः ३० बजे अस्पतालमा लाइएको थियो । प्रारम्भीक परिक्षण पश्चात बाँया खुट्टा भाचिएको टाउको ,छाती र पेटमा चोट लागेको आंकलन गरी रक्त परिक्षण , सिटी स्क्यान ,भिडियो एस्रे मार्फत विरामीको अवस्थाको चेक जाँच गर्र्दा पेटमा रगत जमेको थियो । त्यसपछि पेटको सिटी स्क्यान गरीयो । सि टी स्क्यानमा पेटमा रगत जमेको देखिएकोले आइ सि यू मा भर्ना गरीयो ।

कुनैपनि बेला विरामीको प्रेशर कम हुने नाडिको धड्कन बढ्ने तथा पेटमा धेरै रगत जम्मा हुन सक्ने अवस्थामा अपरेशन गर्नु पर्ने कुराको चिकित्सकबाट समय समयमा जानकारी गराईरहेको थियो । समय समयमा आइ सि यू मा विशेषज्ञ चिकित्सकबाट निगरानी गरी तथा परिक्षण गरीएको थियो , उपचारका क्रममा माथि बताईएको अवस्था बन्दै गएकोले पुन भिडियो एक्सरे गरीयो । भिडियो एक्सरे गर्दा पेटमा रगत बढेको देखियो र विरामीलाई अपरेशन गर्नुपर्ने कुरा चिकित्सकबाट विरामीको आफन्तहरुलाई बुझ्ने भाषामा अवगत गराइएको थियो । सो पश्चात विभिन्न जाँचहरु गरीएको र उपचार पनि गरीएको थियो ।

अपरेशन पश्चात आउन सक्ने जटिलताको बारेमा चिकित्सक मार्फत विरामीको आफन्तलाई जानकारी गराइको थियो । विरामीको बुवा केशव बतौलालाई अस्पतालले जानकारी गराएको थियो । उपचार सहि रुपमा गरीएतापनि गौतमका फागुन २० गते दिउँसोको ३ ः५२ मा निधन भयो । तर मृत्यु लापरवाहिको कारणले भएको भने होइन ।

साथै अस्पतालको कुनैपनि लापरवाहि नभएको र यदि कुनै आधिकारीक निकायबाट प्रमाण सहितको त्रुटी फेला परेमा आफुहरु सजाँय भोग्न समेत तयार रहेको अस्पताल स्र्रोतले जाकारी दिएको छ । अस्पतालका व्यवस्थापक रविरमण अधिकारीले विरामीको मृत्यु हुनु दुखत रहको तर आफुहरुको लापरवाहि नरहेको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*