एमाले स्थायी कमिटी मंगलबार

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार २१:२१
फाइल तस्बिर

काठमाडौँ, २१ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।

निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो । वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र सँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*