पल र आँचलको प्रेमयुद्ध, नम्बर एकमा शत्रु गते

तु खबर संवाददाता
२०७४ फाल्गुन २०, आईतवार १२:४९

मकवानपुर, २० फागुन । चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सर्वाधिक पर्खाईमा भएको चलचित्रको ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल समेत भएको छ ।

थुप्रै हाँस्य दृश्य र गहकिला संवाद सहित सार्वजनिक भएको ट्रेलरमा आँचल र पलले आफ्नो प्रेम प्राप्तिका लागि गृह युद्ध नै गर्नुपरेको देखिएको छ । ट्रेलरमा दुबै जना एकअर्काको माया बिना बाँच्नै नसक्ने अवस्थामा देखिएका छन् । जीवन र प्रेममा आधारित रहेर लेखिएको चलचित्रको ‘पिरतीको बर्को’ र ‘रुपै मोहनी’ बोलको गीत सुपरहिट भइसकेको छ ।

यो सामाग्री तयार पार्दासम्म यो ट्रेलरलाई ५ लाख ९५ हजार ३ सय ५९ भन्दा बढी पटक हेरिएको छ । चैत्र ९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रमा पल र आँचलसहित मह जोडी, प्रियंका कार्की, दिपाश्री निरौला, दिपकराज गिरि, सुस्मा कार्की, शिवहरी पौडेल, किरन केसी लगायतको अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रलाई महसंचार र किरण केसीको प्रस्तुतीमा निर्माण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*