प्रदेश नम्बर ३ मा ४ मन्त्री थपिए, सकियो सपथ ग्रहण

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार १७:४०
तस्बिर–दिलबहादुर लामा

-चन्द्र घलान

मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ को मन्त्री परिषद विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज ४ जना मन्त्री नियुक्त गर्दै दोस्रो पटक मन्त्री परिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल शरदलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामालाई मन्त्रीमा नियुक्त गरिएको छ ।

रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री, अरुण नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र दावा दोर्जे लामालाई कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको हो । नियुक्त भएका चारै जना मन्त्रीलाई आज ३ नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

तस्बिर–दिलबहादुर लामा

यस अघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित नियुक्त भएर शपथ तथा पदभार ग्रहण गरि कार्य संचालनमा जुटिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*