आजदेखि बकैया महोत्सव शुरु, एक पत्रकारलाई सम्मान
मकवानपुर, १६ फागुन । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि प्रथम बकैया महोत्सव शुरु भएको छ । महोत्सवको प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज उद्घाटन गरेका छन् ।
बुद्ध युवा क्लब हात्तिसुँडे र सहयात्री बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा भएको महोत्सवको उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल सहित विभिन्न सांसद तथा पार्टीका नेताहरुको समेत सहभागीता रहेको आयोजक समिति संयोजक विजय लामा थिङले जानकारी दिए । उद्घाटनकै क्रममा आज पुर्वी क्षेत्रलाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गरिरहेको भन्दै मकवानपुरे पत्रकार धर्मेन्द्र दाहाललाई प्रथम बकैया पत्रकारिता पुरस्कारले सम्मान समेत गरिएको छ ।
करिब १ लाख जनाले अवलोकन गर्ने लक्ष राखिएको महोत्सवलाई सफल बनाउनको लागि स्थानीय तहबाट ठूलो सहयोग समेत प्राप्त गरेको संयोजक थिङले बताए । महोत्सवमा मुख्यमन्त्री पौडेललाई नागरिक अभिनन्दन समेत गरिएको छ ।
