आजदेखि बकैया महोत्सव शुरु, मुख्यमन्त्री पौडेलले उद्घाटन गर्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार ०६:२५

मकवानपुर, १६ फागुन । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि प्रथम बकैया महोत्सव शुरु हुनेभएको छ । महोत्सवको प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नेछन्

बुद्ध युवा क्लब हात्तिसुँडे र सहयात्री बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा हुने कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न सांसद तथा पार्टीका नेताहरुको समेत सहभागीता रहने आयोजक समिति संयोजक विजय लामा थिङले जानकारी दिएका छन् ।

करिब १ लाख जनाले अवलोकन गर्ने लक्ष राखिएको महोत्सवलाई सफल बनाउनको लागि स्थानीय तहबाट ठूलो सहयोग समेत प्राप्त गरेको संयोजक थिङले बताए । महोत्सवमा मुख्यमन्त्री पौडेललाई नागरिक अभिनन्दन गर्ने समेत कार्यक्रम रहेको छ । महोत्सवका पुर्वी क्षेत्रलाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गरिरहेका एकजना पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*