हेटौँडा अस्पताल विकासमा मुख्यमन्त्रीको चासो, स्वास्थ्यकर्मी गाउँ जान नमानेको आरोप
मकवानपुर, १५ फागुन । लामो समयदेखि सुधारको पर्खाईमा रहेको हेटौँडा अस्पतालको स्तरोन्नत्ति गर्ने बारे प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले चासो देखाएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आज हेटौँडामामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले हेटौँडा अस्पताललाई स्तोरन्नत्ति गर्नको लागि आफुले पहल गर्ने बताएका हुन् ।
उनले मकवानपुरको हेटौँडा स्वास्थ्य क्षेत्रको हिसाबमा निकै पछि परेको भन्दै स्वास्थ क्षेत्र विकास आफ्नो प्राथमिकतामा रहेको बताए । उनले वर्तमान अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले गाउँमा गएर सेवा गर्न आलटाल गरेको आरोप लगाए । स्वास्थ्यकर्मीले गाउँमा गएर सेवा दिन हिचकिचाउन नछोडेसम्म स्वास्थ्य क्षेत्रको विकास नहुने उनले बताए ।
प्रदेश नंबर ३ का ६० प्रतिशत भन्दा धेरै डाक्टरहरु काठमाण्डौँ केन्द्रि रहेको भन्दै उनले अव सबै डाक्टर तथा स्वास्थ्यमकर्मीहरुलाई ग्रामिण इलाकामा सेवा गर्नको लागि परिचालन गर्ने तयारी गर्ने बताए । कार्यक्रम क्षेत्रीय स्वास्थ्य निर्देशक मदनकुमार उपाध्ययको सभाअध्यक्षतामा भएको हो ।
