कर्णालीलाई जैविक प्रदेश बनाइने

तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १३:२२
file photo

सुर्खेत १५ फागुन,। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताउनुभएको छ ।

पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तक्र्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई मन्त्रालयले व्यवस्थापन गर्ने बताउनुभयो ।
त्यहाँ विद्यार्थीले विद्यालयबाट सहुलियतमा ऋण लिएर बाख्रापालन, गँड्यौलापालन, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, च्याउ खेती, माछापालनलगायत व्यवसाय सञ्चालन गर्दै आएको विद्यालयका प्रअ नारायणप्रसाद सिग्देलले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*