‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’: भारतीय नेता

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १६:४४

काठमाडौँ, १४ फागुन । नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह ९इपिजी०का भारतका संयोजक कोस्यारीले भन्नुभयो, “प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि हो ।” उहाँले संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी व्यक्त गर्नुभयो ।

नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै उहाँले भन्नुभयो, “भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनी जस्तै हो ।” कोस्यारीले भर्खरै गठन भएको सरकारसँग जनताको उच्च अपेक्षा रहेकाले जनआकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशमा हुने साइबर अपराध एवं अन्य सुरक्षा चासो र विकासका मुद्दालाई एकापसमा मिलेर समाधान गर्न चाहेको बताउनुभयो ।

कोस्यारीले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा दुवै देशको आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*