भुपु विद्यार्थीले गर्यो विद्यालयलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १४:१८

राइनास, लमजुङ, १४ फागुन  लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।

राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताउनुभयो ।

संयोजक गुरुङको टोलीले नगरपालिकाका उपप्रमूख धनकुमारी गुरुङको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रधानाध्यापक अम्बरबहादुर न्यौपानेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

लमजुङमा असिनाले व्यापक क्षति

लमजुङमा असिनाले व्यापक क्षति पुयाएको छ । आईतवार अपराह्न परेको असिनाले मध्यनेपाल नगरपालिकामा अत्यधिक क्षति पु¥याएको हो ।

असिनाले तरकारीबाली तथा फलफूलमा व्यापक क्षति पु¥याएको स्थानीय खेमराज पौडेलले जानकारी दिनुभयो । असिनापानीले किसानको तरकारी बालीसहित फुल्दै गरेको आँप, नासपाती, आल्चालगायत फलफूल सखाप पारेको पौडेलले बताउनुभयो ।

असिनापानीले व्यापक क्षति बनाएपछि किसान मर्कामा परेको भन्दै मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले पीडित किसानलाई उचित क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*