पानीमा डुबेर बालकको ज्यान गयो

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १४:१४

उर्लाबारी, मोरङ, १४ फागुन । मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*