प्रदेश नम्बर ३ को प्रदेशसभा नियमावली पारित, अर्को सूचना नआएसम्म सभा स्थगित
मकवानपुर, १४ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा सोमबार बसेको बैठकले ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पारित गरेको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले आईतबार सभामा पेश गरेको मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको हो ।

सभामुख सानु श्रेष्ठ
४५ पृृष्ठको मस्यौदामा २१७ नियम र ६ अनुसुचि रहेको छ । प्रदेशसभा बैठकमा मस्यौदामाथिको छलफलमा भाग लिँदै सांसदहरुले समर्थन जनाएका थिए । छलफलका क्रममा मस्यौदा समितिका सभापति पाण्डे सहित सांसद शोभा साक्य, नेपाली कांग्रेसका सांसद तारा घले, राप्रपा प्रजातान्त्रिककी रीना गुरुङ, राप्रपाकी रीता माझी युवराज दुलाल, रमेश फुयाँल लगायतले छलफलमा भाग लिँदै मन्तव्य राखेका थिए ।
सभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
