सदरमुकाममा भयो खानेपानीको अभाव

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार १५:३७

हुम्ला, १३ फागुन । सदरमुकाम सिमकोटमा पानी नपर्दा र हिमपात नहुँदा पानीका मूल सुकेको छ ।
खानेपानीका चार ट्यांकीमा पाँच हजार लि जम्मा नभएको र भएको पानी बजार र गाउँबस्तीका ४५० घरधुरीलाई दिएपछि पानीको अभाव भएको छ । उपभोक्ता समितिका सचिव राजु रोकायका अनुसार सिमकोट – ४ बुराउसे, ठाडा ढुंगाबाट एक किमी टाढा रहेको पानीको मुहानबाट ट्यांकीमा जम्मा हुने खानेपानी अभाव भएको छ ।

नाम्खा गाउँपालिकाको याप्पा खोलाबाट पानी ल्याएमा र सिँचाइ खानेपानीको सम्भावना देखिएको पुजारी डबले रोकाया र सोबने रोकायले बताउनुभयो । पुजारीले भन्नुभयो, “बाजेका पालामा हिमपात भई हिउँ जम्मा गरेर आगोमा तताई पानी खाने गरेका थिए तर आजभोलि हिमपात नभएपछि खानेपानीको अभाव भएको हो ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*