हेटौँडा गोल्डकपको उपाधि आर्मीको पोल्टामा, पुलिस पराजित
मकवानपुर, १२ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।
प्रदेश नम्बर ३ को राजधानी हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जित्न सफल भएको हो ।
खेलको निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि टाइब्रेकरमा आर्मीका तर्फबाट ४ गोल र पुलिसका तर्फबाट ३ गोल भएपछि आर्मीले उपाधि चुम्न सफल भएको थियो ।
उपाधि विजेता आर्मीले ५ लाख नगद, शिल्ड, मेडल तथा प्रमाण पत्रका र उपविजेता पुलिसले ३ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । समापन समारोहमा पत्रकार सुवास बिडारीलाई समेत सम्मान गरिएको छ ।
