पक्की पुल निर्माण शुरु
नवलपरासी, १२ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिका– ४ र १६ जोड्न शान्तीगैरामा पक्की पुल निर्माण शुरु भएको छ ।
नगरपालिकाको करिब रु २१ लाखको लागतमा पुल निर्माणकार्य शुरु भएको देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो । पुल निर्माण भएपछि यस क्षेत्रका हजारांै स्थानीयवासी लाभाम्वित बन्ने छन् ।
वडा नं ४ र १६ जोड्ने मुकुण्डे खोलाको सिरान शान्तीगैरामा पुल निर्माण शुरु भएको वडा न ४ का वडा अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । सुगम क्षेत्रदेखि दुर्गम क्षेत्र जोडेर ग्रामीण क्षेत्रको विकास गर्र्न नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासको कामअघि बढाइएको नगरपालिकाले जनाएको छ । रासस
